logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित

    कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित

    4.8K
    Shares
    कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित

    सुर्खेत । कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् । बुधबार दिउँसो प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको समर्थन पाएकी न्यौपानेले २४ मत पाएर निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्राकुमारी शाहीले १४ मत पाइन् । उनलाई कांग्रेसको मात्रै १४ मत प्राप्त भएको छ ।

    ४० सदस्यीय प्रदेशसभामा न्यौपानेलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा १४ मत पर्‍यो भने १ जना तटस्थ बसे । कालिकोटकी न्यौपाने समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend