logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रदेशभित्र पकेट क्षेत्र घोषणा गरेर काम गर्छौं : मुख्यमन्त्री जम्मकट्टेल

    प्रदेशभित्र पकेट क्षेत्र घोषणा गरेर काम गर्छौं : मुख्यमन्त्री जम्मकट्टेल

    2.5K
    Shares
    प्रदेशभित्र पकेट क्षेत्र घोषणा गरेर काम गर्छौं : मुख्यमन्त्री जम्मकट्टेल

    खैरहनी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले १३ जिल्लामा २६ पकेटका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छन् ।

    उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश र उद्योग वाणिज्य सङ्घ खैरहनीको संयुक्त आयोजनामा बुधबारदेखि खैरहनीमा सुरु भएको बागमती प्रादेशिक एवं दोस्रो खैरहनी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशलाई आत्मनिर्भर बनाउन पकेट कार्यक्रम सञ्चालनको तयारी गरिएको बताए । उनले भने, “एक पालिका, एक क्षेत्रको पकेट बनाउने गरी योजना ल्याउन लागेका छौँ ।”

    कृषि क्षेत्रले आफ्नो स्थान बनाएर आर्थिक गतिविधिलाई अघि बढाउने गरी कार्यक्रमको तयारी गरिएको मुख्यमन्त्री जम्मकट्टेलले बताए । चितवनसहितका छ जिल्लामा बीउ उत्पादनका लागि कार्यक्रम ल्याइने उनको भनाइ थियो । अहिलेको व्यापार घाटा घटाउने विषय चुनौतीको विषय रहेको उल्लेख गर्दै मुख्यमन्त्री जम्मकट्टेलले उत्पादनमुखी उद्योगमा जोड दिनुपर्ने बताए ।

    बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जिल्लाको आर्थिक, सामाजिक रुपान्तरणमा महोत्सव कोसेढुङ्गा सावित बन्ने बताए । यही माघ १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा दुई सय ५० कक्ष छन् ।

    बागमती प्रदेशसभा सदस्य उत्तम जोशी र उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठले अहिलेको व्यापार घाटा रोक्न सरकारले काम गर्नुपर्ने बताए । व्यापार घाटाका कारण व्यवसाय क्षेत्रमा देखिएने समस्या बढ्दै गएको उनहरुले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend