मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

नवनिर्वाचित सभामुख घिमिरेले भने, ‘सभाको प्रतिनिधित्व निष्पक्ष र तटस्थ भएर गर्ने छु’

नवनिर्वाचित सभामुख घिमिरेले भने, ‘सभाको प्रतिनिधित्व निष्पक्ष र तटस्थ भएर गर्ने छु’

;efd'v kbdf l3ld/] lgjf{lrt sf7df8f}F, % df3M k|ltlglw;efsf] ;efd'v kbdf laxLaf/ lgjf{lrt x'g'ePsf b]j/fh l3ld/] . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले निष्पक्ष ढंगबाट गर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकबाट सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले सभामुखमा रहँदा आफू सधैभरी निष्पक्ष र तटस्थ भूमिकामा रहेर कार्यसम्पादनमा लाग्ने बताए । उनले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

उनले भने, ‘म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु । प्रतिनिधि सभाको प्रतिनिधित्व ठिक ढंगले गर्नेछु । विगतका सभामुखहरुको कामबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाउन लाग्नेछु ।’

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका छन् । यसैगरी काँग्रेसको तर्फबाट उम्मेदवार भएकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गरिन् । १ मत कतै पनि परेन ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend