logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बागमती नदीमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव फेला

    बागमती नदीमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव फेला

    2.5K
    Shares
    बागमती नदीमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव फेला

    काठमाडौं । किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले शव फेला पारेको हो ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण, नम्बर २० विपद् उद्धारगण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो ।

    पुस २ गते सो ठाउँमा बा ५ च ५६५४ को सिलभर रङको कार नदी किनारमा खसेको थियो । दुर्घटनामा कारमा सवार काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका १ बस्ने अन्दाजी ४० वर्षीय राजकुमार खत्री वेपत्ता भएका थिए भने अन्दाजी ४० वर्षीया अम्बिका लामिछाने घाइते भएकी थिइन् । सशस्त्र प्रहरीले फेला परेको शव नेपाल प्रहरीलाई बुझाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend