logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न सबै एकजुट हुनुपर्छः स्वास्थ्यमन्त्री गिरी

    स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न सबै एकजुट हुनुपर्छः स्वास्थ्यमन्त्री गिरी

    2.2K
    Shares
    स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न सबै एकजुट हुनुपर्छः स्वास्थ्यमन्त्री गिरी

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न सम्बन्धित निकायहरु एकतावद्ध भएर काम गर्नुको विकल्प नरहेको बताएका छन् । बिहीवार वीर अस्पतालमा क्याथ ल्याबको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    मन्त्री गिरीले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरिब जनतासम्म पुग्न नसकेको भन्दै वास्थ्य सेवाको पहुँच बिस्तार गर्न आवश्यक रहेको बताए । उनले उपचार नपाएर मर्नुपर्ने बाध्यतालाई हटाउन सक्नुपर्ने बताए । उनले स्वास्थ्य सेवाको पहुँच बिस्तार गरी गुणस्तरीय सेवा प्रवाहका लागि मन्त्रालयले आवश्यक नीतिगत सुधार गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले सरकारी अस्पतालमा ल्याबमा हुने उपकरणहरु चाँडै बिग्रिने र बाहिर उपचार गर्न जानुपर्ने बाध्यता रहेको भन्दै यस्ता कुराहरु हटाएर गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिए । मन्त्री गिरीले जनशक्तिको अभावलाई आवश्यक बजेट विनियोजित गरेर मन्त्रालय गुणस्तरीय स्वास्थ्य सेवा बिस्तारमा लाग्ने पनि बताए ।

    उनले भने, ‘तपाईहरुको भुमिका यस्तो हुनुपर्छ की तपाईहरुबाट सिंगो देशका स्वास्थ्य क्षेत्रमा काम गर्नेले धेरै कुरा सिक्न सकुन्, यसरी तपाईहरु प्रश्तुत हुनुपर्छ । देशमा अहिले स्वास्थ्य सेवा सीमान्तकृत जनतासँग, गरिब जनतासँग पुग्न सकेको छैन । स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न हामी एकतावद्ध भएर लाग्नुपर्छ । उपचार नपाएर निधन भइरहेको छ, यसमा हामीले नीतिगत समस्या सुधार गरेर अघि बढ्नेछौँ । संरचनागत सुधार र व्यवस्थापकीय सुधार गरेर अघि बढ्नेछौँ तर उपचार नपाएर अकालमा मर्नुपर्ने बाध्यता हुनु हुँदैन । हाम्रो ल्याबमा भएका उपकरणहरु छिटो बिग्रिने गरेको सुन्छु, सरकारी अस्पतालमा समयमा ल्याबहरुबाट सेवा नपाउने कुरा सुनेको छु, कहाँ ध्यान दिनुपर्छ त्यसमा ध्यान दिऔँ । जनशक्तिको अभाव भन्नेकुरा छ, त्यसका लागि कति बजेट आवश्यक हो ? त्यसमा प्रयास गर्न हामी लाग्नेछौँ । स्वास्थ्य क्षेत्रलाई छुट्याइएको बजेट न्युन छ, यसले स्वास्थ्य क्षेत्रमा निर्धारण गरेका लक्ष्य पूरा हुन सक्दैनन् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend