शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी राख्छौं : प्रधानमन्त्री दाहाल

राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी राख्छौं : प्रधानमन्त्री दाहाल

सरकारी कामकारवाहीलाई प्रभावकारी बनाउन मङ्गलबार सिंहदरबारमा नेपाल सरकारका सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी राख्ने बताएका छन् । बिहीवार सभामुख चुनावपछि संसद बाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले दाहालले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने कोशिस जारी राख्ने बताएका हुन् ।

सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोशिस गरिरहेको पनि बताए । उनले उपसभामुखको निर्वाचनमा पनि आजकै प्रक्रिया अनुसार सत्ता गठबन्धन अगाडि बढ्ने बताए ।

उनले भने, ‘आज सभामुखको निर्वाचन भयो । सबै कुरा थाहा पाउनुभयो । हामी सत्ता साझेदार दलहरु सबै एक ठाउँमा उभियौं । प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो । प्रतिष्पर्धा भयो । बहुमतले सभामुख निर्वाचित भएको घोषणा भयो । भोली उपसभामुखको निर्वाचन हुन्छ । आजकै प्रक्रियामा हुन्छ । राष्ट्रपतिको कुरा बाँकी रहेको छ । हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोशिस छ । हामी त्यो कोशिस जारी राख्छौं ।’

उनले सत्ता साझेदार दलहरु सबै एक ठाउँमा उभिएको बताए । उनले सत्तासाझेदार दलहरु एक ठाउँमा उभिएकाले बहुमतले सभामुख निर्वाचित भएको प्रतिक्रिया दिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend