logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • श्रममन्त्रीमाथिको आरोप पुष्टि भए पहिलो कारबाही मै गर्छु : गृहमन्त्री लामिछाने

    श्रममन्त्रीमाथिको आरोप पुष्टि भए पहिलो कारबाही मै गर्छु : गृहमन्त्री लामिछाने

    1.7K
    Shares
    श्रममन्त्रीमाथिको आरोप पुष्टि भए पहिलो कारबाही मै गर्छु : गृहमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरुलाई निरिह बनाइएकाले आफूले गरेका कामहरुको प्रतिफल आउन समय लाग्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागेको छ यसमा के भन्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा आफूले पनि देखेको तर सभामुखको रुलिङ नभएका कारण नसमातेको बताए उनले गलत काम गर्ने गर्नेलाई कारबाही गर्न पछि नहट्ने बताए ।

    उनले भने, ‘नदेख्ने भन्ने कुरा नै हुँदैन । तर सभामुखबाट रुलिङ हुनुपर्छ । मैले भनिसकेको छु । राज्यका निकायहरुलाई निरिह बनाइएको छ, नतिजा आउन समय लाग्छ । हेर्दै जानुहोला, नतिजा आउनेछ । गलत काम गरेका मानिसहरु कोही पनि बाँकी रहँदैन । केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौँ ।’

    म्यानपावरमा संलग्न व्यक्तिलाई मन्त्री बनाउनुभएको छ भन्ने आरोप लगाइएको छ भन्ने प्रश्नमा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए कुन म्यानपावरमा हो जानकारी दिनपनि आग्रह गरे । श्रममन्त्री अर्याल मन्त्रीमा नियुक्त भएसँगै म्यानपावरमा संलग्न रहेको भन्दै उनको बिरोध भएको थियो । उनले संलग्न भएको पाए खबर गर्न र संलग्न पाए आफैँ पहिलो कारबाही गर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend