logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रपतिका लागि दलहरुले सक्षम व्यक्ति अघि सार्नुपर्छ : सुवास नेम्वाङ

    राष्ट्रपतिका लागि दलहरुले सक्षम व्यक्ति अघि सार्नुपर्छ : सुवास नेम्वाङ

    2.4K
    Shares
    राष्ट्रपतिका लागि दलहरुले सक्षम व्यक्ति अघि सार्नुपर्छ : सुवास नेम्वाङ

    काठमाडौं । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु रहेको बताएका छन् ।

    बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिका लागि राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने बताए । सत्ता साझेदार दलबाट एमालेको कोटामा राष्ट्रपति परेको छ । नेकपा एमालेबाट राष्ट्रपति बन्नेमा नेम्वाङको नाम चर्चामा रहेको छ ।

    राष्ट्रपति बन्नका लागि अब कुनै कुलमा जन्मिनु आवश्यक नरहेको उनको भनाई छ । उनले भने, जनताको छोराछोरी नै राष्ट्रपति बन्ने हो, कोही पनि बन्नसक्छ । बन्नुहोस् भन्ने आग्रह छ, पार्टीले के निर्णय गर्छ हेरौँ । गैर राजनीतिक दलबाट राष्ट्रपति बनाउने कुरा राजनीतिक दलहरुले आफैँमाथि गरेको अविश्वास हो । राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्छ । जुन सक्षम व्यक्ति संविधानले कल्पना गरेको जस्तो काम गर्न सकोस् । मलाई दल भन्दा बाहिरको मान्छे हजम भएको छैन । अब राष्ट्रपति हुनको लागि कुनै कुलमा जन्मिनु पर्दैन ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend