काठमाडौं । उपसभामुखको उम्मेदवार टुंगो लगाउन आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा ९ बजे शुरु हुनेछ । पार्टीले सत्ता गठबन्धनबाट उपसभामुखमा दाबी गरेको थियो ।
सत्ता गठबन्धनको बैठकले रास्वपालाई उपसभामुख पद दिने निर्णय समेत गरेको थियो ।
सोही अनुसार पार्टीले आज संसदीय दलको बैठबाट उपसभामुखको उम्मेदवार टुंगो लगाउन लागेको हो ।