काठमाडौँ । नेपाली कांग्रेसले मुक्ता कुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।
कांग्रेस केन्दीय सदस्य समेत रहेकी यादव समानुपातिकबाट सांसद भएकी थिइन् ।
कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो । उनी एमालेका देवराज घिमिरेसँग पराजित भएकी थिइन् ।
यता सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर उपसभामुखको उम्मेदवार बनेकी छन्। उनी पनि समानुपातिक सांसद हुन्।
उपसभामुखको उम्मेदवारी दर्ता आज दिउँसो १ बजेदेखि बेलुका ४ बजेसम्म हुँदैछ।