logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदेश १ का मन्त्रीहरूको जिम्मेवारी तोकियो

    प्रदेश १ का मन्त्रीहरूको जिम्मेवारी तोकियो

    2.4K
    Shares
    प्रदेश १ का मन्त्रीहरूको जिम्मेवारी तोकियो

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरुको कार्यविभाजन गरेका हुन् । मुख्यमन्त्री कार्कीले शुक्रबार साँझ मन्त्रीहरूको जिम्मेवारी सहित कार्यविभाजन गरेका हुन् । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैंसँग राखेका छन्।

    एमालेका तिलकुमार मेन्याङ्बो खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, माओवादीका दुर्गाप्रसाद चापागाईँलाई सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, राप्रपाका भक्ति सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय, माओवादीका जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, एमालेका बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास र जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको छ ।

    शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले १३ वटा मन्त्रालयलाई ९ वटामा कायम गरेको छ । सरकार गठन भएको दुइ सातापछि ६ जना मन्त्रीहरूले जिम्मेवारी पाएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend