मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

प्रतिनिधिसभाको अर्को बैठक माघ १० गते बस्ने

प्रतिनिधिसभाको अर्को बैठक माघ १० गते बस्ने

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो ।

सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उनलाई उसपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित सङ्ख्याको बहुमत पुगेकाले राना उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरे ।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ १० गते मङ्गलबार अपराह्न १ बजे बस्नेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend