काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् । आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनले बताए ।
संस्थापनइतर पक्षकाको जारी बैठकमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन। दिएर गल्ती गरियो। तटस्थ बसौ भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले थपे, ‘कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता भयो।’
कोइरालापक्षको बैठक बत्तीसपुतलीमा जारी छ ।