logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राजश्व परिचालनको अवस्था कमजोर : अर्थमन्त्री पौडेल

    राजश्व परिचालनको अवस्था कमजोर : अर्थमन्त्री पौडेल

    1.5K
    Shares
    राजश्व परिचालनको अवस्था कमजोर : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजश्व परिचालनको अवस्था गत वर्षको तुलनामा अत्यन्त कमजोर भएको बताएका छन् । प्रवासी नेपाली मञ्च अमेरिकाको शिक्षा तथा सीप विभागले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अर्थमन्त्री पौडेलले यस वर्षको मंसिर मसान्तसम्मको राजश्व परिचालनलाई गतवर्षको सोही अवधिसम्म तुलना गर्दा करिव २० प्रतिशत कम भएको जानकारी दिए ।

    राजश्वको लक्ष्य कहिले पुरा हुन्छ कहिले पुरा हुंदैन तर गतवर्षको जति पनि परिचालन गर्न नसक्नु चिन्ताको कुरा हो, अर्थमन्त्री पौडेलले भने, भूकम्प, नाकावन्दी र कोरोना महामारीवाट जोगाएर ल्याएको अर्थतन्त्रलाई अहिले कुनै प्रतिकुलता नहुंदा पनि जोगाउन निकै कठिन भएको छ ।

    राजश्वले सामान्य खर्च समेत धान्न नसकेको जानकारी दिंदै अर्थमन्त्री पौडेलले अहिले वैदेशिक सहयोगमा पनि नेपाल पछि परिरहेको बताए । नेपाली अर्थतन्त्रलाई लयमा फर्काउनका लागि सरकार क्रियाशिल भएको छ, र अर्थमन्त्रीको रुपमा म यसपट्टी केन्द्रित छु, अर्थमन्त्री पौडेलले भने, नेपाली अर्थतन्त्रलाई जोगाउनका लागि प्रवासमा भएका नेपालीहरुले अहिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने वेला आएको छ ।

    प्रवासमा भएका सवै नेपालीहरुले वैध माध्यमवाट मात्रै रेमिट्यान्स पठाइदिए नेपाली अर्थतन्त्रलाई निकै सहयोग पुग्ने चर्चा गर्दै उहांले वैध ढंगले रेमिट्यान्स पठाउन कानुनमा संशोधन गर्न आवश्यक भए पनि सरकार तयार रहेको जानकारी दिए । कानुनमा संशोधन आवश्यक छ वा कुनै इन्सेन्टिभ आवश्यक छ भने त्यो वारेमा पनि प्रवासी नेपालीहरुले जानकारी गराउंदा उचित हुन्छ तर गैर वैंकिङ च्यानलवाट आएको रेमिट्यान्सलाई रोक्नु आवश्यक भएको छ, उनले भने । गैर आवासीय नेपालीहरुलाई आर्थिक र सामाजिक अधिकार सहितको गैरआवासीय नागरिकता दिने विषयमा राजनीतिक दलहरु र संसदको कुनै पनि विमति नरहेको जानकारी दिंदै अर्थमन्त्री पौडेलले केही महिनाभित्र नै यससम्वन्धी कानुन बनिसक्ने बताए ।

    संविधानको भावना अनुरुप प्रवासमा वस्ने सवै प्रवासी नेपालीहरुले आर्थिक र सामाजिक अधिकार सहितको गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् तर नागरिकता सम्वन्धी सवै मुद्धाहरुलाई एकैपटक सम्वोधन गर्न खोज्दा केही ढिलाइ भएको हो, उनले भने ।

    अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीहरुलाई नेपाल जांदा भिसा लिनुपर्ने कानुनी व्यवस्थालाई पनि संशोधन गर्न सरकार तयार रहेको जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend