logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह

    लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह

    1.5K
    Shares
    लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह

    एजेन्सी । लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । लिबियाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसका विशेष प्रतिनिधिले सो आग्रह गरेका हुन् ।

    उनले लिबियाको आर्थिक अवस्था निकै कमजोर हुदै गएकाले केही वर्षयतादेखि जारी सङ्कटको समाधानका लागि सहयोगका लागि आग्रह गरेका हुन् ।

    लिबियाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिवका विशेष प्रतिनिधि अब्दुल्लाह बाथीले आइतबार त्रिपोलीमा आयोजित एक कार्यक्रममा सो आग्रह गरेका हुन् ।

    आइतबार लिबियाको राजधानी त्रिपोलीमा आयोजना भएको अरबका विदेशमन्त्रीहरुको एक परामर्श बैठकमा उनले लामो समयदेखि जारी रहेको लिबियाको सङ्कट समाधानका लागि लिबियाका छिमेकी देशहरुका साथै अरब देशहरुसमक्ष आग्रह गरेका हुन् ।

    सो बैठकपछि उनले ट्वीटमा लेखेका छन्– विगत लामो सयमदेखि लिबिया आर्थिक लगायतको सङ्कटमा छ, त्यसैले यसका छिमेकी देशहरु, अरब देशहरुका साथै अन्य अन्तर्राष्ट्रिय सरोकारवालाहरुलाई आग्रह गर्दछु ।

    उनले लिबियाका सबै राजनीतिक दलहरुका साथै हाल लिबियालाई सहयोग गर्दै आएका विदेशी दाता राष्ट्रहरुले पनि लिबियाको विकासका लागि ऐक्यवद्धता जनाउनुपर्नेमा जोड दिएका छन् ।

    लिबिया राजनीतिक अस्थिरता तथा आपसरी द्वन्द्वका कारण लामो समयदेखि आर्थिक संकटमा परेको छ । हाल यहाँको आर्थिक व्यवस्थामा सहयोग गर्नुपर्ने देखिएको संयुक्त राष्ट्रसंघले बताउँदै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend