
काठमाडौं । आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ ।
त्यस्तै राष्ट्रिय सभाको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रश्ताव सभा समक्ष पेस हुने, शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव सभा समक्ष पेस गर्ने कार्यसूचि रहेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सवमा स्वास्थ्यमन्त्री शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आज आफ्नो वार्षिकोत्सव मनाउँदै छ । कार्यक्रमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सम्बोधन गर्नेछन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend