logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राज्यका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले नतिजामुखि काम गर्न कठिनाई भयो : गृहमन्त्री लामिछाने

    राज्यका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले नतिजामुखि काम गर्न कठिनाई भयो : गृहमन्त्री लामिछाने

    1.3K
    Shares
    राज्यका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले नतिजामुखि काम गर्न कठिनाई भयो : गृहमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखि काम गर्न कठिनाई भईरहेको बताएका छन् । ठूला दलहरुले थिलथिलो बनाएको राज्य संयन्त्रका कारण आफूलाई नतिजामुखि काम गर्न समस्या भएको उपप्रधानमन्त्री लामिछानेको आरोप थियो ।

    मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ती संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मीहरु र क्रसर उद्योगको विषयमा निर्णय लिन ढिलाई भएको उल्लेख गर्दै अव केही दिन भित्रै नतिजा आउने गरी काम हुने बताए । त्यसका लागि गृह मन्त्रालयले सम्वेदनशील भएर काम गरिरहेको उपप्रधानमन्त्री लामिछानेको भनाई थियो । उनले राज्यका संयन्त्रहरुलाई हिजो चलायजस्तो गरेर चलाउन छोडिदिए गृह मन्त्रालय अन्तरगतको आधा समस्या आफै हल भएर जाने अवस्थामा रहेको पनि उल्लेख गरे ।

    उपप्रधानमन्त्री लामिछानेले भने, ‘राज्यका संयन्त्रहरुलाई थिलथिलो बनाएर छाडिएको छ । काम गर्नेहरुलाई कानुन पालना गराउनु भन्दा पनि आदेश पालना गराउने गरी यति निरिह बनाएर राखिएको छ । वर्षौ शासनसत्ता सम्हालेका दलहरुबाट जसले यसलाई थिलथिलो बनाइयो । जसबाट त्यसरी थिलथिलो बनाउन, कमजोर बनाउनका निमित्त कामहरु भए । त्यही कोणबाट धेरै प्रश्नहरु आउने रहेछन । यो मैले अनुभव गरेको छु । तर म त्यसको प्रतिउत्तर होइन, काममा माध्यमबाट, रिजल्टका माध्यामबाट, परिणामका माध्यामबाट ती जवाफहरु गरिमामय संसदमा आफैं उपस्थित हुन भन्ने चाहना राखेर काम गर्न चाहन्छु । यो पनि म जानकारी गराउन चाहन्छु । नेपाली जनताले ठूलो आशा, विश्वास र भरोसा राखेर तपाई हामीलाई निर्वाचित गराएर पठाएका छन । अहिले जुन ढंगले राज्यका संरचनाहरुलाई काममा राखिएको छ । तीनमा निकै सुधार चाहिएको छ । त्यसैले तीनको सुधारका लागि प्रणालीगत सुधारका लागि हामी निरन्तर लागिरहेका छौं । विशेष गरेर मैले सम्हालीरहेको गृह मन्त्रालय प्रणाली सुधारमा, मापदण्डहरु निर्माणमा निरन्तर लागि रहेको छ । र, यसले परिणाम देखाउन चाँडै नै सूरु गर्नेछ । म एउटा, दुईटा विषयलाई लिएर मात्रै टिप्पणी वा त्यसको जवाफ दिन गईरहेको छैन । समग्र विषयलाई लिएर म यही भन्न गईरहेको छु कि राज्यको संयन्त्रहरुलाई हिजो चलायजस्तो अव चलाउन छोडिदिनुहोस् । आधा काम हाम्रो सहज हुनेछ ।

    म यो गरिमामय सदनबाट यही भन्न चाहन्छु । आज सिडियो आफ्नो चाहिएको छ । डिएसपी आफ्नो चाहिएको छ । एसपी आफ्नो चाहिएको छ । सबै आफ्नो चाहिएको छ । यसैगरी तपाईहरुलाई राज्यको आफ्नो निकायहरुमा मानिसहरु चाहिएको हो भने प्रणाली सुधारमा तपाईहरुको योगदान के ? यसअर्थमा तपाईहरुले गृह प्रशासनले अव गर्न लागेको प्रणालीलाई विश्वास गर्नुपर्नेछ । सबै हाम्रा मान्छेहरु हुन । राज्यका मान्छेहरु हुन । र, ती राज्यका मान्छेहरुबाट प्रणाली सुधारेर सिष्टममा काम गर्न दिने कुरालाई तपाई हामी प्रतिवद्ध हुन सक्यौं भने पनि आधा काम सकिनेछ । र, आम नागरिकले महसुस गर्नेछन । चाहे ती क्रसरका विषयमा होस्, चाहे फरार सांसदका विषयमा हुन । चाहे आन्दोलनरत अधिकारीकर्मीहरुका कुरा हुन । गृह मन्त्रालय अन्यन्त संवेदनशील भएर सबै विषयहरुमा काम गरिरहेको छ । नतिजा किन समय लाग्ने भएको छ भने राज्यका संयन्त्रहरुलाई चलाइएको छ ।

    गिज्याइएको छ । त्यसलाई ट्रयाक भन्दा बाहिर राखिएको छ । तीनलाई ट्रयाकमा ल्याउन नसक्दा कयौं ठाउँहरु हल्लिएका छन । तर म विश्वास दिलाउन चाहन्छु सम्माननीय सभामुख महोदयमार्फत् कि त्यस्ता ठाउँहरुलाई ठिक गरेर हामी उठेका सम्पूर्ण विषयहरुलाई चाँडै नै सम्भवत केही दिन भित्रमानै निर्णयमा पुग्छौं । समाधानका पुग्छौं । र, ती सबै कुराहरुलाई सम्बोधन गर्नेछौं । गरिमामय यो सदनमा छोडखानी गर्ने, एक अर्कालाई होच्याउने, एकअर्कालाई तल पार्ने हिजोदेखि खाटा पनि बसीसकेका घाउहरुलाई कोट्याउने काम कम्तिमा पनि म र मेरो दलबाट हुने छैन । तर म नतिजा अवश्यक दिन्छु । म यहाँहरुलाई निर्धक्क हुन अनुरोध गर्न चाहन्छु । कहिलेकाँही आम नागरिकलाई जानकारी दिने शिलशिलामा केही खवरहरु भन्नुपर्ने अवस्था आउन सक्ला । त्यसलाई त्यसै रुपमा बुझिदिन आग्रह गर्दछु । ’

    उपप्रधानमन्त्री लामिछानेले आफूले लिएको जिम्मेवारी पूरा हुने कुरामा ढुक्क हुन पनि सांसदहरुलाई आग्रह गरे । संसदमा एकले अर्कालाई होच्याउनेजस्ता गतिविधि आफू र आफ्नो दलले नगर्ने र अन्य दलहरुबाट नहोस् भन्ने आफूले अपेक्षा गरेको पनि उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend