logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रपतिको सम्बन्धमा सत्तारुढ गठबन्धनमा समस्या हुदैन : जनार्दन शर्मा

    राष्ट्रपतिको सम्बन्धमा सत्तारुढ गठबन्धनमा समस्या हुदैन : जनार्दन शर्मा

    4K
    Shares
    राष्ट्रपतिको सम्बन्धमा सत्तारुढ गठबन्धनमा समस्या हुदैन : जनार्दन शर्मा

     

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्माले राष्ट्रपतिको सम्बन्धमा सत्तारुढ गठबन्धनमा समस्या नहुने बताएका छन् । मंगलवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपमहासचिव शर्माले राष्ट्रपतिको सम्बन्धमा गठबन्धनका दलहरुका बिचमा समस्या नहुने बताएका हुन् ।

    उनले गठबन्धनमा मतभिन्नता भएपनि छलफल गरेर समाधान गर्न सकिने बताए । उनले समस्याको समाधान हुने स्पष्ट पारे । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ उहाँले सत्तारुढ गठबन्धनका नेताहरुका बीचमा असमझदारी नभएको बताए । गठबन्धन आफ्नो उद्देश्यमा केन्द्रित रहेको उनको भनाई छ ।

    उनले भने – ‘राष्ट्रपतिको पदावधि सकिनुभन्दा पहिल्यै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ । दिन कतिबेला तोक्ने भन्नेकुरा मात्रै हो । अब अहिले जो बनेको गठबन्धन छ, गठबन्धनमा होलान्, केही मतभिन्नताहरु हुन सक्छन् । समस्याहरु हुन सक्छन् । ति समस्या छलफल गरेर समाधान गर्न सकिने स्तरमा छन् । समाधान हुन्छन् । बोल्ने कुरामा शब्दमा टिपेर कटाक्ष भएको भन्न मिल्दैन किनभने गठबन्धन छ । नीति, कार्यक्रम उहाँहरुले मिलेर बनाउनुभएको छ । त्यही कुरा लागू भएको छ । योजनामा हेर्ने हो नि त । बोल्दाखेरी शब्द कता कता पर्छ त्यो कुरा मुख्य कुरा होइन । मुख्य कुरा उद्देश्यमा केन्द्रित छ कि छैन भन्दा अहिलेको गठबन्धन उद्देश्यमा केन्द्रित छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend