पोखरा । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । आज थप तीन मन्त्रीले सपथ लिएसँग गण्डकीमा मन्त्रिपरिषद्को संख्या ७ सदस्यीय भएको छ । आज नेकपा एमालेबाट रोशनबहादुर गाहा थापा, बेदबहादुर गुरुङले मन्त्रीको सपथ लिए भने माओवादी केन्द्रबाट रेशम बहादुर जुग्जालीले मन्त्रीको सपथ लिएका छन् ।
तीनै जना मन्त्रीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । यसअघि एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्रीमा नियुक्त भइसकेका थिए ।
मन्त्रीहरुको जिम्मेवारी पनि मंगलबार नै तोकिएको छ । ७ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित एमालेका ४, माओवादीका २ र राप्रपाबाट १ जना मन्त्री भएका छन्।
यस्तो छ मन्त्रीहरुको जिम्मेवारी