logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बागमतीमा मन्त्रीहरुको नाम टुंगियो, शपथ २ बजे

    बागमतीमा मन्त्रीहरुको नाम टुंगियो, शपथ २ बजे

    2.3K
    Shares
    बागमतीमा मन्त्रीहरुको नाम टुंगियो, शपथ २ बजे

    हेटौंडा । बागमती प्रदेशको मन्त्रीहरुको टुंगो लागेको छ । प्रदेशमा एमाले र माओवादीले ४–४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएअनुसार दलहरुले आ–आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

    नवनियुक्त मन्त्रीहरुको सपथ आज २ बजे हुने भएको छ । सत्ता साझेदार दलहरुबीच नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ भने एमालेले चार मन्त्रालय पाउने भएको छ ।

    त्यसैगरी राप्रपाले तीन मन्त्रालय पाउने सहमति भएको छ । माओवादीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालयमा गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालयमा युवराज दुलाल ‘शरद’ र सामजिक विकास मन्त्रालयको नेतृत्वमा कुमारी मोक्तानलाई पठाएको छ ।

    त्यस्तै एमालेबाट जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना, केशवप्रसाद पोखरेललाई कृषि तथा पशुपन्छी विकास, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्रालय र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । राप्रपाका उद्धव थापाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय, डम्बरबहादुर तामाङले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, राजु विष्टले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend