काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संघीय संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले दिउँसै आगो लगाएर आत्मदाह गरेको घटनाले राज्य लज्जित भएको बताएका छन् ।
आज (बुधबार) सामाजिक सञ्जालमार्फत नेता कोइरालाले देशमा युवाहरूले आत्मदाह गर्नेसम्मको परिस्थिति बन्नुलाई लज्जास्पद भन्दै अब त्यस्तो हुन नदिन सरकारले पहल कदमी लिनुपर्ने बताएका हुन् ।
उनले भने ‘प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैँलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घट्नाले राज्य लज्जित भएको छ। हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने ?,’ उनको प्रश्न छ ।