शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

संयुक्त राष्ट्रसङ्घ प्रमुखले पेरुमा सङ्कट समाधान गर्न वार्ताको आह्वान

संयुक्त राष्ट्रसङ्घ प्रमुखले पेरुमा सङ्कट समाधान गर्न वार्ताको आह्वान

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पेरुको वर्तमान सङ्कटलाई सम्बोधन गर्न अर्थपूर्ण र समावेशी वार्ताका लागि आह्वान गरेका छन् ।

पेरुमा प्रदर्शन जारी रहँदा, महासचिवले हिंसाको थप वृद्धिबाट बच्न संयमता अपनाउन आग्रह गर्नुभयो र अधिकारीहरूलाई अन्तर्राष्ट्रिय मानवअधिकार कानूनको पालना गर्न आफ्नो आह्वान दोहो¥याउने भएको गुटेरेसका प्रवक्ता स्टेफान डुजारिकले बुधबार एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

जीवन र सम्पत्तिको सम्मान गर्दै विद्रोहहरू शान्तिपूर्ण रूपमा हुनुपर्ने गुटेर्रेसले बताएका छन् । आन्दोलनको क्रममा भएको मृत्युको सङ्ख्याबाट गुटरेस चिन्तित भएको र अधिकारीहरुलाई यी मृत्युहरुको तुरुन्त, प्रभावकारी र निष्पक्ष छानबिन गर्न र पीडितहरूलाई कलंकित हुनबाट जोगिन आग्रह गरेको विज्ञप्तिमा जनाइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend