logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • निर्वाचनसम्बन्धि ऐन संशोधन प्रस्ताव संघीय संसदमा पेश गर्ने तयारीमा छौं : निर्वाचन आयुक्त थपलिया

    निर्वाचनसम्बन्धि ऐन संशोधन प्रस्ताव संघीय संसदमा पेश गर्ने तयारीमा छौं : निर्वाचन आयुक्त थपलिया

    2.3K
    Shares
    निर्वाचनसम्बन्धि ऐन संशोधन प्रस्ताव संघीय संसदमा पेश गर्ने तयारीमा छौं : निर्वाचन आयुक्त थपलिया

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धि ऐन संशोधन प्रस्ताव संघीय संसदमा पेश गर्ने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सुधारका लागि ऐन संशोधन गर्नुपर्ने भएकाले एकीकृत निर्वाचन कानुन लिएर संसदमा जाने तयारी गरिएको बताएका हुन् ।

    बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनको सुधारका लागि निर्वाचन ऐन संशोधन मुख्य कुरा भएको औंल्याउँदै त्यसको संशोधन गर्ने कामलाई आयोगले अघि बढाएको पनि स्पष्ट पारे । २०७४ सालको निर्वाचन पछि निर्वाचन आयोगको एक अध्ययन प्रतिवेदनले निर्वाचनको सुधारका लागि १४७ वटा क्षेत्रमा सुधार हुनुपर्ने र त्यसमध्ये ८२ वटा चाँही ऐननै संशोधन गर्नुपर्ने भनेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धि ऐन संशोधन आयोगको मुख्य कार्यभारको रुपमा रहेको स्पष्ट पारे ।

    त्यसका लागि सम्बन्धित निकायहरुसँग थप छलफल गरी ऐन शंशोधनको एकीकृत मस्यौदा तयार पार्ने आफूहरुको योजना रहेको उनको भनाई थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘हामी यही संसदमा एकीकृत निर्वाचन कानुन लिएर जाने तयारीमा छौं । त्यसकारण तपाईहरुसँगको यो बसाई र त्यसपछिका सुधारका कुराहरु पनि त्यो ऐनलाई टेकेर ऐनमा के कुरा लिएर जाने, त्यो पनि हामी लिएर जान्छौं । लिएर गएका कुराहरु ल्याउनका निम्ति पनि फेरी प्रयत्न गर्छौं । पहिला पठाउने हो । अनि ल्याउन पनि प्रयत्न गर्र्नु पर्छ । त्यसका निम्ति पनि हामी साझा प्रयत्न गर्छौैं । र, ऐन, नियममा आईसकेका कुराहरुलाई पनि व्यवस्थित गर्दै जान्छौं । हामी अव मेरो प्रयत्न अव तपाईहरुसँगै बसेर अवको साँढे २ वर्षको अवधिमा २०७४ सालको निर्वाचनका एउटा सानो घटना म तपाईहरुलाई बताउन चाहन्छु । निर्वाचन आयोगले मात्रै एउटा अध्ययन गरेर कतिवटा सुधार गर्नुपर्छ भनेर प्रतिवेदन निकाल्दा १४७ वटा क्षेत्रमा सुधार गर्नुपर्छ भनेको रहेछ । ती मध्ये ८२ वटा कुरा चाँही ऐनमै संशोधन गरेर सुधार गर्नुपर्छ भनेर लेखिएको रहेछ । भनेपछि मेजर कुरा त ऐन छ ।’

    प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापनमा सुधार हुँदै आएको दावी गर्दै विभिन्न संस्थाहरुले गरेको अनुगमन र पर्यवेक्षण प्रतिवेदनले औंल्याएकोे आधारमा सुधारका अन्य कार्ययोजनाहरु पनि तय हुँदै जाने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend