logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • प्रेमप्रसाद आचार्यले उठाएका विषयको छानबिन गर्न ६ सदस्यीय समिति गठन

    प्रेमप्रसाद आचार्यले उठाएका विषयको छानबिन गर्न ६ सदस्यीय समिति गठन

    1.2K
    Shares
    प्रेमप्रसाद आचार्यले उठाएका विषयको छानबिन गर्न ६ सदस्यीय समिति गठन

    काठमाडौं । आफैमाथि आगो लगाएर संघीय संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह मन्त्रायका सह-सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको मन्त्रायले जनाएकाे छ ।

    छानबिन समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सदस्य रहेका छन् ।

    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । गृहमन्त्री रवि लामिछानेले आचार्यको परिवारसँग भेटगरी उनले उठाएका विषयमा छानबिन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

    आत्मदाह गरेका आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।  आचार्यले उठाएका मागहरुको सम्बोधन गर्न माग गर्दै आजपनि शान्तिपूर्ण बिरोध प्रदर्शन भएको छ । माईतीघर मण्डलामा आज (बिहीवार) पनि मृतक आचार्यले उठाएका मागहरु पूरा गर्न सरकारलाई दबाब दिँदै युवाहरुले शान्तिपूर्ण बिरोध गरेका हुन् ।

    उनीहरुले सरकारले औपचारिकता मात्रै पूरा गर्ने गरेको र मृतक आचार्यका मागहरु छानबिन गर्ने भनेर औपचारिकता पूरा गर्न मात्रै सरकार लागिपरेको भन्दै त्यसको बिरोध जनाएका थिए । प्रदर्शनमा उपस्थित प्रदर्शनकारीहरुले मृतक प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुपर्ने स्थिति कसरी सिर्जना भयो र त्यो अवस्थामा कसले पुर्‍यायो ? भन्ने बारेमा सरकार गम्भीर नबनेको आरोप लगाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend