logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गर्ने माओवादीको निर्णय

    राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गर्ने माओवादीको निर्णय

    2.5K
    Shares
    राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गर्ने माओवादीको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

    यसैगरी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘पछिल्लो समसामयिक विषयमा संक्षिप्त लिखित प्रतिवेदन’ माथि पनि छलफल भएको छ ।

    बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले प्रतिवेदन पेस गरेका थिए । आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको बताइएको छ ।

    बिहीबारको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको थियो । बैठकमा अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, निर्वाचनपछिको समग्र पार्टीको अवस्था, सरकार निर्माणका क्रममा गठन भएको गठबन्धन, सरकारको गतिविधिबारे ब्रिफिङ गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend