logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो : रामनारायण बिडारी

    राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो : रामनारायण बिडारी

    2.6K
    Shares
    राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो : रामनारायण बिडारी

    काठमाडौं । राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्् ।

    उनले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रकै प्रतिक भएकाले सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनाउनुपर्ने बताए । उनले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याहरुबाट मुक्ति मिल्ने बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी दलगत गन्ध धेरै आएको बताए ।

    उनले राष्ट्रपति भण्डारी राष्ट्रपति बनेर भन्दा पनि दलको प्रभावमा परेर काम गरेको आरोप लगाए । उनले राष्ट्रपति पद पहिला फालेको जस्तो पद भएपनि पछिल्ला घटनाक्रमले राष्ट्रपतिय पद्धतिलाई परिमार्जन गर्नको निम्ति विद्वत वर्गले सुझाव दिनुपर्ने आवश्यक्ता देखिएको बताए । उनले राष्ट्रपति निर्वाचनमा गोप्य चुनाव किन हुनुप¥यो भन्दै प्रश्नसमेत गर्नुभयो । राष्ट्रपतिको चुनाव गोप्य हुनु भनेको ह्वीप लाग्दैन भन्ने अर्थ रहेको स्पष्ट पारे ।

    उनले भने, ‘राष्ट्रपति निर्वाचनको बारेमा गोप्य चुनाव किन गराए ? होला नि त अर्थ ? भोट हाल्ने जनताका प्रतिनिधिले, मान्यहरुले ? तर त्यसको चुनाव चाहीँ गोप्य, यसको अर्थ त ह्वीप लाग्दैन भनेको हो नि । ह्वीप नलाग्ने प्रकारको यो चुनाव हो । यसलाई विचार गरेर राष्ट्रपतिको चुनावलाई हामीले निर्वाचन जस्तो हेनुपर्छ । ह्वीप नलाग्ने कुरामा अभ्यास गर्नुपर्छ । यसलाई अघि बढाउनुपर्छ । नेताले बोलाएर भन्छ, संसदीय दलको बैठक बोलाउँछ, बैठकमा संसदीय दलको नेता टक्क आएर यसमा सिरियस छ, यस्तो गर्नु भन्छ, सांसद थर्कमान । राष्ट्रपति एकताको प्रतिक हो । संघीयताको प्रतिक हो, गणतन्त्रको प्रतिक हो । यसलाई देशका सबै राजनीतिक दलले गम्भीरपूर्वक छलफल गरेर सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनायौँ भने राष्ट्रपतिबाट अहिले जेजे दुःख पाएका छौँ, त्यो भोग्नु पर्दैन । तत्कालीन राष्ट्रपति रामवरण यादवको पालामा रुपमाङ्गत कटुवालको बाहेक अन्यमा बहस गर्नुपरेन तर राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा धेरै राजनीतिक गन्ध आयो । दलीय प्रभाव परको, गर्नु नहुने काम गर्नुभयो । राष्ट्रपति बडो विचार गरेर बनाउनुपर्ने रहेछ, पहिलो यो फालेको पद जस्तो थियो, अहिले प्रधानमन्त्री रोक्न र बनाइदिन पनि सक्नुहुने रहेछ । राष्ट्रपतिय पद्धतिलाई परिमार्जन गर्नको निम्ति विद्वत वर्गले सुझाव दिनुपर्छ ।’

    वरिष्ठ अधिवक्ता बिडारीले राष्ट्रपतिको चुनावमा ह्वीप नलाग्ने अभ्यास गर्नुपर्ने बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend