logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी बैठक : पार्टीको सङ्गठनसम्बन्धी विषयमा छलफल

    माओवादी बैठक : पार्टीको सङ्गठनसम्बन्धी विषयमा छलफल

    2.9K
    Shares
    माओवादी बैठक : पार्टीको सङ्गठनसम्बन्धी विषयमा छलफल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा पार्टीको सङ्गठनसम्बन्धी विषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा सङ्गठनसम्बन्धी विषयमा छलफल भए पनि टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    बैठक पुनः मङ्गलबार बस्नेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएपछिको अवस्था, सरकारको काम कारबाही एवं अन्य वामपन्थी दलसँग पार्टी एकताका सम्बन्धमा भएका राजनीतिक विषयमा भइरहेका छलफललगायतका विषयमा स्थायी समितिको बैठकमा नेताहरुले धारणा राख्नेक्रम जारी छ ।

    बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता महराले छलफल जारी रहेको बताए । सञ्चारकर्मीले सोधेको एक प्रश्नको जिज्ञासामा प्रवक्ता महराले गृहमन्त्रीको विषय सरकारको विषय भएको बताए ।

    “यो सरकारको विषय हो, प्रधानमन्त्रीले मिलाउनुहोला । यद्यपि स्थायी समिति बैठकमा त्यसबारेमा छलफल होला नै”, उनले भने ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend