logo

२०८१ जेष्ठ ३ बिहिबार

logo
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कृष्णबहादुर महरा भन्छन्- गृहमन्त्रीको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीको हाे

    कृष्णबहादुर महरा भन्छन्- गृहमन्त्रीको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीको हाे

    2.2K
    Shares
    कृष्णबहादुर महरा भन्छन्- गृहमन्त्रीको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीको हाे

    काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताएका छन् ।

    सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । उपाध्यक्ष महराले प्रधानमन्त्री दाहालले निर्णय गर्ने विषय भएकाले त्यसलाई पार्टी भित्र प्रवेश नै नगराइएको जिकीर समेत गरे ।

    उनले भने, ‘गृह मन्त्रीको विषयमा प्रवेश नै गरिएन । यो सरकारको विषय हो । गृहमन्त्री को हुन्छ, को हुन्न ? भन्ने कुरा उहाँले टुंगो लगाउने कुरा हो । यो पार्टीले टुंग्याउने कुरा होइन । स्थायी कमिटीमा त्यो विषयमा पर्सी छलफल होला ।’

    सर्वोच्च अदालतले आदेश दिएपछि गत शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफनो पद गुमाएका थिए । सोही पदमा कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री दाहालले आवश्यक निर्णय गरेका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफ्नो जिम्मेवारीमा रहेको भन्दै सो मन्त्रालयमा दावी नछाडने जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend