logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री डा. विमला राई बिहीवार श्रीलंकातर्फ प्रस्थान गर्ने

    परराष्ट्रमन्त्री डा. विमला राई बिहीवार श्रीलंकातर्फ प्रस्थान गर्ने

    5.2K
    Shares
    परराष्ट्रमन्त्री डा. विमला राई बिहीवार श्रीलंकातर्फ प्रस्थान गर्ने

    काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल मन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रुपमा श्रीलंका जाने भएकी छिन् । बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो ।

    उनी बिहीवार श्रीलंकातर्फ प्रस्थान गर्ने भएकी हुन् । मन्त्री पौड्यालले श्रीलंका भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्वका अवसरहरुमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री पौड्यालले मन्त्रालयका सूचनालाई झ्याल र ढोकाबाट नभइ सबैलाई एकमुष्ठ रुपमा दिइने बताइन् । उनले सबै सञ्चारकर्मीहरुलाई ह्वाट्सएप वा इमेल ग्रुपबाट सूचना दिने प्रतिवद्धता जनाइन् ।

    उनले श्रीलंका भ्रमणका क्रममा सार्कको बारेमा पनि साइडलाइन कुराकानी सम्भव भएसम्म गर्ने बताइन् । मन्त्री पौड्यालले आफूले पछिल्लो समय पोर्चुगलमा रहेका नेपालीहरुलाई पासपोर्टको समस्या परेकाले उनीहरुको समस्या समाधानका लागि तत्काल मोबाइल टिम पठाउने तयारी गरेको जानकारी दिइन् । उनले परराष्ट्र नीतिका बारेमा पनि एकपटक विज्ञहरुसँग बसेर छलफल गर्ने कार्यक्रम बनाएको जानकारी दिइन् ।

    उनले भनिन्, ‘हामीले समयमा नै सुचना दिनेछौँ । ह्वाट्स एप वा इमेल ग्रुप हामी त्यसमा काम गर्नेछौँ । सकेसम्म हामी ग्रुपमा सूचना दिन्छौँ । कसैलाई ढोकाबाट, झ्यालबाट गर्दैनौँ । साइडलाइन मिटिङहरु भयो भने सार्कबारेमा केही कुराहरु उठाउने छौँ तर सार्कका लागि भनेर यो गरिएको होइन । पोर्चुगलमा ५०, ६० हजार नेपालीहरु हुनुहुन्छ, उहाँहरुलाई पासपोर्टको धेरै नै जरुरी छ भन्नेकुरा आएको छ, हामीले मोबाइल टिम एक महिनाको लागि भएपनि तत्काल पोर्चुगल पठाउने निर्णय गरेका छौँ । त्यहाँको समस्या समाधान गर्ने सोचेका छौँ । हामी परराष्ट्रनीति एक राउण्डको छिटै नै कन्सलटेसनको प्रोसेसमा जान्छौँ । अपटेड पनि गर्नुपर्नेछ । रिफ्लेक्ट गर्नेछौँ।’

    शुक्रवार मन्त्री पौड्यालले आफ्ना श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको र त्यही दिन स्वागत लञ्चको कार्यक्रम राखिएको मन्त्रालयले जनाएको छ । सोही दिन मन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी भइसकेपछि त्यसै दिन मन्त्री पौड्यालले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend