काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ । बिहीबार बिहान बसेको कांग्रेस संसदीय दल कार्य समितिको बैठकले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा २३ गते हुने निर्वाचनका लागि २२ गते कांग्रेसका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
राष्ट्रिय सभाको उपाध्यक्षका लागि अन्य दलसँग समेत सल्लाह गरेर व्यक्तिका बारेमा टुङ्गो लगाउने निर्णय गरेको छ ।