logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सांसदहरुले नागरिकसँग गरेका वाचा संसदीय गतिविधिबाट पूरा गर्नुपर्छः सभामुख घिमिरे

    सांसदहरुले नागरिकसँग गरेका वाचा संसदीय गतिविधिबाट पूरा गर्नुपर्छः सभामुख घिमिरे

    1.4K
    Shares
    सांसदहरुले नागरिकसँग गरेका वाचा संसदीय गतिविधिबाट पूरा गर्नुपर्छः सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भुमिका खेल्न सांसदहरुलाई आग्रह गरेका छन् । बिहीवार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नागरिकका समस्यहरुको चाङ बढ्दै गइरहेकाले नागरिकका समस्याहरुलाई समाधान गर्न संसदमा आफ्नो भुमिकालाई बलियो बनाउनुपर्ने बताए । सभामुख घिमिरेले विगतमा कतिपय सांसदहरुको आचार, व्यवहारहरु जनमुखी हुन नसकेको भन्दै संसदमा आइसकेपछि जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्ने हिसावबाट अघि बढ्न सुझाव दिए । उनले विगतमा संसदमा भएका राम्रा कुराबाट शिक्षा लिँदै सांसदहरुले आफ्नो संसदीय भुमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले नागरिकले संसदका गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट सांसदहरुको काम खोजिरहेको बताए ।

    सभामुख घिमिरेले भने, ‘हामीप्रति देशले ठूलो अपेक्षा राखेको छ, यसका आफ्नै खालका प्रक्रियाहरु छन्, परम्पराहरु छन्, पद्धतिहरु छन्, यसलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नुपर्नेछ । विगतलाई फर्किएर हेर्दा, हाम्रा आचार, व्यवहारहरु कतिपय मानेमा जनउत्तरदायि हुन नसकेका छन् भने कतिपय हामीले विचार गरेका हाम्रो वस्तुपरिस्थितिको बारेमा उल्लेखनीय उपलब्धिहरु पनि छन् । पहिलो पल्ट सबै नयाँ नै हुन्छ, केही संख्या दोहोरिएर आउने कुरा बेग्लै हो, तर नयाँले पूरा गर्नुपर्ने दायित्व के हो ? कुन तरिकाबाट काम गर्न सक्दछौँ । गर्ने अभ्यासहरु कस्ता छन्, सामान्यतया यी कुराहरु अहिलेसम्मको अभ्यासमा हेर्दा, नयाँ संसद बनिसकेका र धेरै सांसदहरुले विगतमा योगदान गर्नुभएका कुराहरु छन् । यी सबै काम गर्दा कत्तिको जनउत्तरदायी भएर काम गरेका छौँ ? विषयमा आधारित भएर गर्नसकेका छौँ की छैनौँ ? हामीलाई निर्वाचित गर्ने नागकिरले संसदका गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट काम खोजिरहनुभएको छ । छोटो समयमा नै संसदीय गतिविधिले नेपालमा शिक्षा दिने किसिमको भुमिका हामीले खेल्नुपर्छ ।’

    सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend