logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन

    सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन

    2.8K
    Shares
    सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन

    काठमाडौँ । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ ।

    नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पूर्पक्ष गर्नुपर्ने उल्लेख छ ।

    लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित २० लाख नगद धरौटी वा बैंक जमानत लिई तारेखमा राख्न आदेश दिएको थियो । निवेदनमा लामिछानेले प्रमाण नष्ट गर्न सक्ने आशङ्का पनि व्यक्त गरिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend