काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.१६ अंकले बढेको छ । यससँगै सूचक २०९६.६९ विन्दुमा आएको छ । २ लाख १६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
११ कम्पनीको ३२० कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल १२ वटा कारोबार भएको छ । ८ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।