शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

राष्ट्रिय पशुपंक्षी अनुसन्धान केन्द्र सप्तरीबाट सार्न लागेको भन्दै सांसद राउतको आपत्ति

राष्ट्रिय पशुपंक्षी अनुसन्धान केन्द्र सप्तरीबाट सार्न लागेको भन्दै सांसद राउतको आपत्ति

k|ltlglw;ef a}7sdf cWoIf /fpt sf7df8f}F, @% k';M hgdt kf6L{sf cWoIf tyf k|ltlglw;ef ;b:o rGb|sfGt-l;s]_ /fjt ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug{'x'Fb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राष्ट्रिय पशुपंक्षी अनुसन्धान केन्द्र सप्तरीबाट सार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् । आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले आफ्नो गृह जिल्लामा केन्द्र सार्न लागेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले मन्त्री फेरिएपिच्छे संस्थाहरु सारिँदा विकास निर्माणले गति नलिने बताए । उनले सरकार संसदप्रति उत्तरदायी छ की छैन भन्दै प्रश्नसमेत गरे । उनले संसदमा सांसदहरुले उठाएका कुराहरु टिपेर त्यसबारेमा के कति कामहरु भइरहेका छन् भन्नेबारेमा सरकारले संयन्त्र निर्माण गरेर जानकारी नगराउने हो भने सांसदहरुले संसदमा बोलिरहनुको अर्थ नरहेको बताए । सरकारले मल ल्याउँदा पनि कालोबजारीका कारण किसानले समयमै मल नपाइरहेको भन्दै सरकारले कालोबजारीमा नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘यहाँ कुनैकुरा बोल्दा अर्थ राख्छ की राख्दैन, हामी सुन्छौँ की भित्तालाई खालि सुनाइरहेका छौँ । कुर्सीलाई सुनाइरहेका छौँ । सरकार यो संसदप्रति उत्तरदायी छ, जिम्मेवार छ यो कुरामा सभामुखज्युबाट आश्वस्त हुन चाहन्छु, काग कराउँदै गर्छ, पिनास सुक्दै जान्छ जस्तो भयो । आज पनि मलखादको विषय आधा दर्जन मान्यज्युले उठाउनु भयो । हामी पटकपटक उठाउँदै आएका छौँ तर सरकारले यस विषयमा के कति कदम चाल्यो त्यो संसदमा आउनुपर्छ, नत्र राम्रो भाषण गर्नुभयो भन्नेमा मात्रै सिमित हुन्छ, संसदमा उठेका कुराहरु टिपेर त्यसबारेमा जानकारी गराउने संयन्त्र नै खडा होस् । आगामी बैठक शुरु गर्नुअघि त्यो विषयमा कति कारबाही भयो ? त्यसबारेमा जानकारी होस् । किसानले मलखाद पाइरहेका छैनन्, कालाबजारीलाई प्रहरी प्रशासन र नेपाल सरकारले नियन्त्रण गर्नुपर्छ, यो भन्दा अघि राष्ट्रिय पशुपंक्षी अनुसन्धान केन्द्र सप्तरीमा राखिएको थियो, अहिले सुन्दैछु, कृषिमन्त्रीज्युले आफ्नो निर्वाचन क्षेत्रतिर अरु जिल्लामा सार्ने प्रयत्न गर्दै हुनुहन्छ, यस्तो प्रवृत्ति दोहोरियो भने विकास हुन सक्दैन ।’

सांसद राउतले नागरिकता प्रदान गर्ने प्रतिवद्धतामा सरकार कुन चरणमा छ भन्दै प्रश्न गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend