
काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवम प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रपति बन्ने बताएका छन्। उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमती सत्तारुढ दलहरुबीच भइसकेको उल्लेख गर्दै त्यसमा पनि राष्ट्रिय सहमति जुटाउन पहल गरिने बताए ।
आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू भने राष्ट्रपतिको दौडमा नरहेको स्पष्ट पारेका छन् । उपमहासचिव गुरुङले भने, ‘गठबन्धन भित्रकै मान्छे राष्ट्रपति हुन्छ जो भए पनि । गठबन्धन भित्रको सहमति एमालेलाई राष्ट्रपति दिने हो । त्यसैमा राष्ट्रिय सहमतिको खोजि गर्ने हो सकभर । राष्ट्रिय सहमति भएन भने सत्तारुढ दलहरुबीचको सहमतिमा हुन्छ नि । राष्ट्रपति एमाले भित्रै छ नि । मेरो नाम चर्चामा आएपनि राष्ट्रपतिको दौडमा म भने छैन ।’
उपमहासचिव गुरुङले सत्तारुढ दलहरुले राष्ट्रपतिमा काँगे्रेसलाई मतदान गर्ने कुनै सम्भावना नरहेको बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend