logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पार्टी भित्र कुनै खटपट र मतभेद छैन : नेपाल

    पार्टी भित्र कुनै खटपट र मतभेद छैन : नेपाल

    1.4K
    Shares
    पार्टी भित्र कुनै खटपट र मतभेद छैन : नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी भित्र कुनै मतभेद नरहेको दाबी गरेका छन् । आईतवार ललितपुरको बालकुमारीमा आयोजित पार्टी केन्द्रिय कमिटीको पाँचौं पूर्ण बैठकको समापन गर्दै उनले यस्तो जिकिर गरेका हुन् ।

    अध्यक्ष नेपालले पार्टीका नेता मुकुन्द न्यौपानेले पनि पार्टीलाई एकतावद्ध बनाउनका लागि र सुदृढ बनाएर लैजानका लागि सुझाव दिइएको विषयलाई फरक मत भनेर सञ्चार माध्याममा आएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । पार्टीमा मतभेद नरहेको र नेताहरुबीच पनि कुनै खटपट नभएको उनको भनाई थियो ।

    अध्यक्ष नेपालले भने, ‘बाहिर पत्रिकामा मुकुन्द न्यौपानेको फरक मत भनेर आएको छ । उहाँको सुझाव हो त्यो । पार्टीलाई कसरी सशक्त बनाउन सकिन्छ ? कम्युनिष्ट आन्दोलनलाई कसरी सशक्त बनाउन सकिन्छ ? नेपालको राजनीतिक कम्युनिष्ट आन्दोलनको हैसियतलाई कसरी अगाडि बढाएर लैजान सकिन्छ ? भन्नेमा उहाँलाई लागेका विचारहरु हुन् । यसर्थमा त्यसलाई अन्य अर्थमा लिनुपर्ने कुनै आवश्यक्ता छैन । हाम्रो पार्टीभित्र यो पार्टीलाई एकतावद्ध बनाएर लैजाने बारेमा पार्टीलाई सुदृढ बनाउने बारेमा कुनै मतभेदहरु छैनन् । यसबारे कमरेडहरु ढुक्क भएर जानु भए हुन्छ । नेताहरुबीच खटपट भएको भन्ने लागेको होला ? छैन ।’

    अध्यक्ष नेपालले पार्टीलाई एकतावद्ध बनाएर लैजाने कुरामा ढुक्क हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend