logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेश नं १ को प्रदेशसभामा अध्यादेश सर्वसम्मतिले पारित

    प्रदेश नं १ को प्रदेशसभामा अध्यादेश सर्वसम्मतिले पारित

    3.5K
    Shares
    प्रदेश नं १ को प्रदेशसभामा अध्यादेश सर्वसम्मतिले पारित

    विराटनगर । प्रदेश नं १ को प्रदेशसभाले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित गरेको छ ।

    प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सभा नियमावली, २०७४९पहिलो संशोधन समेत० को नियम ८१(४)बमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रीका तर्फबाट सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सो प्रस्ताव पेस गरेका थिए ।

    सङ्घीय निजामती सेवा ऐन आइनसकेको अवस्थामा प्रदेशमा रिक्त दरबन्दीमा कर्मचारी व्यवस्थापन गर्न सो अध्यादेश ल्याएको मन्त्री राजभण्डारीले प्रष्ट पार्नुभयो । यसैगरी, प्रदेशसभा नियमावली, २०७४( पहिलो संशोधन समेत)को नियम १३ बमोजिमको कार्यव्यवस्था परामर्श समितिका सदस्यको विवरणसहित प्रदेशसभा नियमावली मस्यौदाका लागि गठित समितिको विवरण पनि सभामुख बाबुराम गौतमले सार्वजनिक गरे ।

    आठ मिनट चलेको सदनमा तीन मिनेटपछि नेपाली कांग्रेसका सांसद केदार कार्कीले नियमापत्ति जनाएका थिए । उनले जनताको समस्या अवगत गराइने शून्य समय हटाएको र सदन मिलोमतोमा चलाएको आरोप लगाए । प्रदेश सभाको अर्को बैठक भोलि अपरान्ह १ बजे बस्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend