logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पल शाहको मुद्दामा दुबै पक्षलाई बोलाउन उच्च अदालत पोखराको आदेश

    पल शाहको मुद्दामा दुबै पक्षलाई बोलाउन उच्च अदालत पोखराको आदेश

    3.8K
    Shares
    पल शाहको मुद्दामा दुबै पक्षलाई बोलाउन उच्च अदालत पोखराको आदेश

    पोखरा । अभिनेता पल शाहको मुद्दामा दुबै पक्षलाई बोलाउन उच्च अदालत पोखराले आदेश दिएको छ । पल शाहविरूद्ध परेको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुवै पक्षलाई झिकाउने आदेश दिएको हो।

    उच्च अदालत पोखराका न्‍यायाधीशद्वय डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासले यस्तो आदेश गरेको हो। १७ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा शाह गत फागुन १५ गते पक्राउ परेका थिए। उनी हाल तनहुँ कारागारमा छन्

    नाबालिगलाई बालयौन दुराचार  गरेको आरोपमा जिल्ला अदालत नवलपरासीले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। सो फैसलाविरूद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।

    नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा शाहमाथि जिल्ला अदालत नवलपरासी र जिल्‍ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो। सो मुद्दामा शाहले जिल्ला अदालत तनहुँबाट सफाइ पाइसकेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend