logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • पेरुमा पहिरोमा परी ३६ जनाको मृत्यु

    पेरुमा पहिरोमा परी ३६ जनाको मृत्यु

    2.1K
    Shares
    पेरुमा पहिरोमा परी ३६ जनाको मृत्यु

    एजेन्सी । पेरुमा पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी प्रान्त क्यामानामा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको हो ।

    दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा परेर अरु पनि कैयौँ व्यक्ति हराएका छन् । उनीहरु पुरिएको आशङ्का गरिएको बताइएको छ ।

    सोमबार आएको पहिरोबाट सोमबार रातिसम्म ३६ जनाको ज्यान गएको बताइएको छ । नेसनल सिभिल डिफेन्सका अधिकारीहरुका अनुसार पहिरोमा परेर मृत्यु भएकाहरुको शव राजमार्गमा भेटिएको थियो भने अरु कैयौँ व्यक्ति पुरिएको आशङ्कामा खोजी जारी राखिएको छ ।

    यस प्रान्तमा गएको एक हप्तादेखि भारी मात्रामा वर्षा जारी रहेको छ । सो वर्षाका कारण यहाँका राजमार्गहरुमा पनि क्षति पुगेको छ ।सो वर्षा र बाढीका कारण यहाँ पहिरो आएको र यस प्रान्तका कैयौँ क्षेत्रमा भारी वर्षाले हजारौँ मानिस प्रभावित भएका छन् ।

    प्रभावित भएका व्यक्तिहरुको उद्धारका लागि यहाँको सरकारले सुरक्षा निकाय तथा कैयौँ उद्धारकर्मी खटाइएको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend