धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज विश्वासको मत लिदै छन् । मुख्यमन्त्री पदका लागि विश्वासको मत लिन लागेका हुन् ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन ।
मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाएका छन् ।