logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • बदलाको भाव राखेर मुलुकलाई समृद्ध बनाउन सकिदैन : रामकुमारी झाक्री

    बदलाको भाव राखेर मुलुकलाई समृद्ध बनाउन सकिदैन : रामकुमारी झाक्री

    3.2K
    Shares
    बदलाको भाव राखेर मुलुकलाई समृद्ध बनाउन सकिदैन : रामकुमारी झाक्री

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गरेकी छन् ।

    संसद भित्रै संविधानविरुद्ध विषवमन गरेर सो पार्टीले ‘जात्रा’ देखाएको भन्दै उनले आपत्ति समेत जनाइन् । बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाक्रीले जनतालाई फेरी पनि निराश बनाउने गरी संविधान र व्यवस्थाकोविरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिइन् । सचिव झाँक्रीले ठूला दलहरुले जनताको अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने बेला आएको पटक–पटक दोहो¥याइन् । उनले सरकारमा गएकाहरुले पनि जिम्मेवारीपूर्ण ढंगले जनताको पक्षमा काम गर्नुपर्ने बताइन् ।

    सचिव झाँक्रीले भनिन्, ‘अव जिम्मेवारपूर्ण ढंगले अघि बढने हो कि भन्ने लाग्छ । हाम्रा दलहरुका दलीय व्यवस्था, हाम्रो संस्कार, हाम्रो संस्कृति जे बनिरहेका छन । संसदमा जात्रा देखिएको छ । व्यवस्थाका विरुद्धमा विष बमन गरिएको छ । त्यही संविधानका विरुद्ध विषवमन गरिएको छ । यसले जनतालाई निराश बनाएको छ । अहिले यसो गर्नका लागि अव धेरै कुरा बाहिर बोलेर होइन । चेन्ज हुने गरी गर्नु पर्दछ ।’

    सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अव जनताको अवस्था परिवर्तन हुने गरी काम गर्नेगरी सबै राजनीतिक दलहरुले योजना बनाउनुपर्ने बताइन् । उनले बदलाको भाव राखेर मुलुकलाई समृद्ध बनाउन नसकिने पनि बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend