logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • टर्की र सिरियामा गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९ हजार ५ सयभन्दा बढी

    टर्की र सिरियामा गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९ हजार ५ सयभन्दा बढी

    3.1K
    Shares
    टर्की र सिरियामा गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९ हजार ५ सयभन्दा बढी

    इस्तानबुल । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ । हालसम्म टर्कीमा सात हजार एक सय आठ सय र सिरियामा दुई हजार चार सय ७० जनाले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीहरूले बताएका छन् ।

    टर्कीमा मात्र ४० हजारभन्दा बढी घाइते भएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् । करिब छ हजार भवन भत्केकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मी र चिकित्सकले बताएका छन् ।

    उद्धार तथा राहतको अनुगमन एवम् समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् । भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीनमहिने आपत्काल घोषणा गरिएको छ ।

    अन्तर्राष्ट्रिय समुदायले टर्की र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेको छ । बेलायतका नवनियुक्त सत्तारुढ कञ्जरवेटिभ पार्टीका अध्यक्षले टर्कीएको अनुरोधअनुसार थप सहायता उपलव्ध गराउने बताएका छन् ।

    युरोपेली सङ्घ, रुसी महासङ्घ, इजरायल, चीन, भारत, पाकिस्तान, ग्रीस, जर्मनी, लेबनान, दक्षिण कोरिया, जापान, अष्ट्रेलियाले पनि आफ्नो सामथ्र्यअनुसार आर्थिक एवम् भौतिक सहायता उपलव्ध गराएका छन् । इजरायल, चीन र भारतले चिकित्सक, इञ्जिनियर र भारी उपकरणका साथ उद्धारकर्मी परिचालन गरेका छन् ।

    रासस/सन्ह्वा/एपी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend