सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

साफ यू–२० महिला च्याम्पियनसिपः उपाधिका लागि आज नेपाल र बंगलादेश खेल्दै

साफ यू–२० महिला च्याम्पियनसिपः उपाधिका लागि आज नेपाल र बंगलादेश खेल्दै

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित मोस्ताफा कमल रंगशालामा नेपाल र बंगालदेशबीचको साँझ ६ बजे प्रतिस्पर्धा हुनेछ ।

घरेलु टोली बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा नेपाल रहेको छ । नेपाल लिग चरणमा भोगेको हारको बदला लिने दाउमा पनि छ ।

लिग चरणमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो । त्यसपछि नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो । लिग चरणको अन्तिम खेलमा नेपालले भारतलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend