logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • आफ्नो कार्यकालमा सहयोग गरेकोमा राष्ट्रपति भण्डारीद्वारा कृतज्ञता ज्ञापन

    आफ्नो कार्यकालमा सहयोग गरेकोमा राष्ट्रपति भण्डारीद्वारा कृतज्ञता ज्ञापन

    2.3K
    Shares
    आफ्नो कार्यकालमा सहयोग गरेकोमा राष्ट्रपति भण्डारीद्वारा कृतज्ञता ज्ञापन

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सात वर्षे कार्यकालमा सहयोग पु¥याउने नेपाल सरकार, राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी र नेपाली नागरिकप्रति कृतज्ञता ज्ञापन गरेकी छन् ।

    शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आफूलाई सहयोग पु¥याएको भन्दै सञ्चार माध्यामहरुप्रति पनि आभार व्यक्त गरिन् । त्यस अवसरमा राष्ट्रपति भण्डारीले सरकारले सार्वजनिक गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम तत्काल नतिजा आउने गरी कार्यान्वयनमा लैजाने विश्वास समेत व्यक्त गरिन् । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गर्दा आवश्यक स्रोत व्यवस्थापनमा सरकारले ध्यान दिने समेत बताइन् ।

    राष्ट्रपति भण्डारीले नेपाली जनताको समृद्धि र विकासप्रतिको आकांक्षालाई पूरा हुने गरी तीन वटै तहका सरकारका संयन्त्रहरु प्रतिवद्ध भएर लाग्नुपर्ने बताइन् । नेपाल र नेपालीप्रतिको सदभाव कायम राख्दै सरकारलाई मित्र राष्ट्र तथा अन्तराष्ट्रिय संस्थाहरुबाट विगतमा झैं आगामी दिनमा पनि निरन्तर सहयोग उपलब्ध हुने अपेक्षा समेत राष्ट्रपति भण्डारीले गरिन् ।

    उनले भनिन्, ‘वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम अघि सारेको छ । ती विषयहरुलाई कार्यान्वयन गर्न सरकारले समयवद्ध कार्ययोजना पनि बनाइसकेको छ । यसलाई नतिजा प्राप्त हुने गरी तत्कालै कार्यान्वयनमा लैजानेछ भन्ने मेरो विश्वास छ । नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्दा यी सबैलाई समेटदै आवश्यक स्रोत व्यवस्थापन गर्नेनै छ भन्ने विश्वास लिएको छु । नागरिकको समृद्धि र विकासप्रतिको आकांक्षा पूरा गर्न तीन वटै तहका सरकारका सबै संयन्त्र एक आपसमा समन्वय र हातेमालो गर्दै प्रतिवद्ध भएर लाग्नेछन भन्ने मैले विश्वास लिएको छु । सरकारका कामकारबाहीमा सबै नागरिकबाट सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा गर्दछु । नेपाल र नेपालीप्रतिको सदभाव कायम राख्दै सरकारलाई मित्र राष्ट्र तथा अन्तराष्ट्रिय संस्थाहरुबाट विगतमा झैं आगामी दिनमा पनि निरन्तर सहयोग उपलब्ध हुने विश्वास लिएको छु । अन्त्यमा मेरो कार्यमा सहयोग पु¥याउने नेपाल सरकार, राजनीतिक दल, राष्ट्रसेवक एवम शुभेच्छाकर्मी सञ्चार माध्याम तथा सञ्चारकर्मीलगायत आम नेपाली नागरिकहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।’

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेका विषयहरु पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकि बताइन् । उनले आफ्नो नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरिन् । उनले महिलामाथि हुने सबै प्रकारणको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्नेमा पनि जोड दिइन् ।

    उनले भनिन् ‘राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाएपनि अझै पनि सुत्केरी महिलाहरुको उपचारको अभावमा ज्यान जाने अवस्था कायमै रहेको उल्लेख गर्दै चिन्ता समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, संविधान र कानुनले प्रत्याभूत गरेको विषयहरु पनि हामीले पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकि छ । हामीले जुन सोचका साथ लैगिक विकासका अवधारणा अघि सारेका थियौं । त्यो परिणाम प्राप्त भएको छ, छैन ? सो को यथार्थ समिक्षा गरी अघि बढनु पर्दछ भन्ने मलाई लाग्दछ । विगतमा भन्दा विद्यालयमा छात्राको उपस्थिति बढेको छ । तर तिनले विद्यालय शिक्षा पूरा गरेका छन कि छैनन ? यसैगरी महिला स्वास्थ्यमा समेत प्रशस्त लगानी गरिएको छ । तर रोगप्रतिरोधात्मक क्षमता विकास गर्न हाम्रा प्रयास पर्याप्त छन वा छैनन ? विचारणीय छ । अहिले पनि दूर्गम क्षेत्रमा सुत्केरी हुन नसकेर वा सुत्केरी भएपछिको सामान्य उपचारको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । किन अहिले पनि महिलाहरु विभिन्न किसिमका सामाजिक कुरीतिको शिकार भईरहेका छन ? घरेलु हिंसा, यौन हिंसा र अन्य प्रकारका हिंसाबाट महिलाहरुले अझै पनि किन सुरक्षित महशुस गर्न सकिरहेका छैनन् ? यी प्रश्नहरुको उत्तर खोजिनु जरुरी छ । हाम्रा नीति तथा कार्यक्रम राम्रा हुँदाहुँदै पनि यीनको प्रभावकारी कार्यान्वयन हुन नसकेको कुरा यसमा पुनर्विचार गर्न आवश्यक देख्दछु ।’

    राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि पर्याप्त प्रयास गर्नुपर्ने पनि बताइन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend