logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • राष्ट्रपतिको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जस्तोः डा महत

    राष्ट्रपतिको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जस्तोः डा महत

    1.2K
    Shares
    राष्ट्रपतिको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जस्तोः डा महत

    काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता तथा सांसद डा.प्रकाशशरण महतले राष्ट्रपतिको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जसरी आएको बताए । उनले सम्बोधनमा सबैको इच्छापत्र जस्तो कुरा आएको टिप्पणी गरे । शुक्रवार संसदको दुवै सदनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

    सरकारको नीति कार्यक्रममा आउने विषय अहिले नै आएको उनको भनाई छ ।
    उनले भने– ‘यो नीति कार्यक्रम जसरी आएको छ । राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था त छ । त्यसमा केही फरक परेन । तर विषयवस्तुहरु समेटिएको छ । सबको इच्छापत्र जस्तो कुराहरु आएका छन् । सामान्यतया यस्ता विषयहरु नीति कार्यक्रम प्रश्तुत गर्दाखेरी आउँछ । यो अहिले नै आएको छ । त्यसमा धेरै अरु टिप्पणी गर्नुपर्ने कुराहरु छैन । हाम्रो सरकारको समस्या भनेकै कार्यान्वयनको समस्या हो । जतिसुकै विषयहरु उठान गरेपनि जति पटक दोहो¥याएपनि मुल कुरो कार्यान्वयनमा हामी कति गम्भिर छौँ ? सरकार कति गम्भिर छ ? कसरी कर्तव्यनिष्ठताका साथ काम गर्छ त्यसमा सबैकुरो निर्भर गर्छ ।’

    उनले जतिसुकै विषय उठाएपनि सरकारले कत्तिको कार्यान्वयन गर्छ भन्ने कुरामा निर्भर रहने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend