logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अर्घाखाँचीमा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

    अर्घाखाँचीमा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

    2.3K
    Shares
    अर्घाखाँचीमा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

    अर्घाखाँची । पाणिनि गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    पाणिनि–८ पालीमा आज लु२त९२७१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

    दुर्घटनामा चालक २२ वर्षीय चामबहादुर कुमाल र ३९ वर्षीय शङ्करबहादुर कुमाल घाइते भएका छन् । उनीहरूलाइ उपचारका लागि पाल्पा पठाइएको छ । ट्र्याक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजी एक सय ५० मिटर तल खसी दुर्घटना भएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend