logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाँच वर्षमा पनि प्रदेशको न्वारन हुन नसक्दा लज्जाबोध भइरहेको छ : मुख्यमन्त्री कार्की

    पाँच वर्षमा पनि प्रदेशको न्वारन हुन नसक्दा लज्जाबोध भइरहेको छ : मुख्यमन्त्री कार्की

    2.5K
    Shares
    पाँच वर्षमा पनि प्रदेशको न्वारन हुन नसक्दा लज्जाबोध भइरहेको छ : मुख्यमन्त्री कार्की

    झापा । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताएका छन् ।नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९औँ जिल्ला सभा अधिवेशनमा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई जनतामुखी बनाउन आफू लागिपरेको बताए ।

    उनले भने, “मैले कार्यभार सम्हालेपछि पहिलो बैठकमै नौवटाभन्दा बढी मन्त्रालय नबनाउने निर्णय गरेको छु ।” प्रदेश सरकार सञ्चालनका लागि सातभन्दा बढी मन्त्रालय आवश्यक नभएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

    प्रदेश सरकारप्रति सकारात्मक आलोचना गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरे । प्रदेश सरकारको संचरना बनाउने कामसमेत बाँकी रहेकाले संरचना बनाउने काम अघि बढाइएको उनको भनाइ थियो ।

    मुख्यमन्त्री कार्कीले छिट्टै प्रदेशको नामकरण गरिने बताए । ‘पाँच वर्षसम्म प्रदेशको न्वारन हुन सकेन’, उनले भने, ‘प्रदेशको नामकरण हुन नसक्दा मलाई लज्जाबोध भइरहेको छ ।’ प्रदेशको नामकरणका लागि सबैको सुझाव, सल्लाह आवश्यक रहेको उनले बताए ।

    कार्यक्रममा रेवतीरमण नेपाल स्वयम्सेवा सम्मानबाट तीनजनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा नारायण ढुङ्गाना, दिव्यप्रसाद भुर्तेल र तुलसी काफ्ले रहेका छन्।

    नगद ११ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर मुख्यमन्त्री कार्की, पुरस्कारका संरक्षक वेदकुमारी नेपाल र रेडक्रस झापाका सपभाति लोकराज ढकालले उनीहरुलाई सम्मानित गरेका छन् । यस्तै जिल्लामा धेरै रक्तदान गर्ने विरता लेडी जेसिज, तेरापन्थ युवा परिसद् र विराट अर्जुन उपभोक्ता सहकारीलाई प्रशंसापत्र प्रदान गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend