logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल नियुक्त

    लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल नियुक्त

    2.2K
    Shares
    लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल नियुक्त

    लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री लीला गिरीले उनलाई सो पदमा नियुक्त गरेका हुन् । मुख्य न्यायाधिवक्ता पौडेलले आजै सपथ लिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रदेश सरकारका मुख्य कानुनी सल्लाहकार मानिने मुख्य न्यायधिवक्ताले संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको अन्य अधिकारीलाई रायसल्लाह दिनुपर्ने हुन्छ । मुख्य न्यायाधिवक्ताले कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थायी निवासी मुख्य न्यायाधिवक्ता पौडेल यसअघि लुम्बिनी प्रदेश सरकारका कानुन आयोगको सदस्य र कानुन कार्यदलको सदस्यको जिम्मेवारीमा थिए । अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र समाजशास्त्र विषयमा स्नात्तकोत्तर गरेका उनले विगत २३ वर्षदेखि कानुन व्यवसायीको रुपमा काम गर्नाका साथै त्रिभुवन विश्वविद्यालयअन्तर्गत बुटवल बहुमुखी क्याम्पसमा समाजसास्त्र विषय प्रध्यापन पनि गर्दै आएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend