logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जसपामा अन्तर्घातको आरोप लाग्नेमा अधिकांश केन्द्रीय नेता

    जसपामा अन्तर्घातको आरोप लाग्नेमा अधिकांश केन्द्रीय नेता

    3.1K
    Shares
    जसपामा अन्तर्घातको आरोप लाग्नेमा अधिकांश केन्द्रीय नेता

    काठमाडौं । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लाग्नेमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अधिकांश केन्द्रीय नेताहरु रहेका छन् ।

    पार्टीका केन्द्रीय कार्यकारी समिति सदस्य शिवलाल थापा नेतृत्वको छानवीन समितिले अहिलेसम्म करिब ४० जना केन्द्रीय नेताहरुसँग बयान लिइसकेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

    मोरङ, सप्तरी, सिराहा, धनुषा ,महोत्तरी, सर्लाही, बर्दिया, कैलाली, सुर्खेत जिल्लामा पुगी समितिले आरोपितहरुसँग बयान लिइसकेको छ ।सुनसरी, पाँचथर, धादिङ, मकवानपुर जिल्लाको छानवीन सकिएपछि समितिले आफ्नो प्रतिवेदन बुझाउने छ । अन्तरघातको आरोप पुष्टि भएमा उनीहरुमाथि पार्टी विधानले गरेको व्यवस्था बमोजिमको कारवाही हुने जसपाले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend