काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले लघुवित्तको कारण धेरै मानिसहरुले आत्महत्या गर्ने गरेको भन्दै सो विषयमा अनुसन्धान गर्नुपर्ने बताएका छन् । आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै सांसद भण्डारीले लघुवित्तको चर्को व्याजदरका कारण धेरै मानिसहरुले आत्महत्या गर्ने सम्मको अवस्था आएको भन्दै यस सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताएका हुन् ।
उनले लघुवित्तका कारण बढीजसो महिलाहरुले आत्महत्या गर्ने गरेका भन्दै यस बारेमा सरकार मौन बसेको बताए । उनले लघुवित्तका कारण आत्महत्या गर्न बाध्य मानिसहरुलाई सरकारले सुरक्षित गर्नुपर्ने बताए । अनुसन्धान गरेर दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने सांसद भण्डारीको भनाई छ ।
उनले भने– ‘ग्रामिण इलाकामा बस्ने जनताहरु लघुवित्तको कारणले गर्दा ४० जनाजतिले आत्महत्या गरेका छन् । चर्को व्याज र सेवा सुविधामा चर्को लेनदेनको कारणले गर्दा त्यसमा पनि अत्याधिक महिलाहरु परेको सञ्चारमाध्यमबाट आइरहेको छ । नेपालको कानूनी व्यवस्था, नेपालको न्याय प्रणाली कति छिटो, छरितो छ भन्नेकुरा रवि लामिछानेको मुद्दामा हामीले देख्यौँ । कतिछिटो सर्वोच्चले फैसला गर्दोरहेछ । कति छिटो प्रहरीले अनुसन्धान गर्दोरहेछ । तर नेपालमा यतिधेरै मानिसहरुले, महिलाहरुले आत्महत्या गर्नेकुरा राष्ट्रिय समाचार बन्दापनि यसको बारेमा हामी मौन छौँ । यसको बारेमा जानकारी पाउनुप¥यो र सरकारले सुरक्षित गर्नुप¥यो । के हो ? अनुसन्धानको दायराभित्र आउनुप¥यो । योभन्दा ठूलो अपराध मानव इतिहासमा केही पनि हुन सक्दैन । विकास, सहयोग, सेवाको नाममा होस् सबै ठग प्रणालीमा परिणत हुनु भएन ।’